प्रस्तावना:
बौद्ध धर्मप्रति आस्था र विश्वास राख्ने नेपाल राष्ट्र तथा अन्तर्रष्ट्रिय स्तरको जनसमुदायहरु एवं अन्य समुदायको आर्थिक , सामाजिक , स्वास्थ्य र शिक्षाको जिवनस्तर उकास्न र बौद्ध धर्मको नाममा बौद्ध धर्मको विपरित हिंसात्मक तरिकाले चलाएको कु - संस्कारहरु क्रमश हटाई बौद्ध धर्मको संरक्षण र संबर्द्धनको साथै राष्ट्रको समुन्नती एवं विश्वशान्तिको लागी सदैव प्रयत्नशील रहन नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघ नामक एक राष्ट्रिय स्तरको धार्मिक संस्था गठन गर्न वाञ्छनीय भएकोले विधान र संघ सम्बन्धित निकायमा दर्ता गरी विधिवत रुपमा संघ संचालन गर्दै आएका छौं ।
संघको उदेश्यहरु:
१ , बौद्ध धर्ममा अटल आस्था र विश्वास राख्ने जनसमुदायहरु विच आर्थिक , सामाजिक , धार्मिक , सांस्कृतिक , नैतिक , शैक्षिक , स्वास्थ्य एवं बौद्धिक विकास गर्राई उनीहरुको माझमा मैत्री , करुणा , मुद्दिता , उपेक्षा जस्ता बुद्धको सिद्धान्त तथा बोधिसत्व ज्ञानको अभिवृद्धी गराउने ।
२ , बौद्ध धर्मका बारेमा धार्मिक प्रवचन , गोष्ठी , शिविर , सभा , फिल्म , क्यासेट , प्रचार प्रसार र सञ्चारका माध्यमहरुबाट प्रसारण गरी मानव जगतमा भगवान बुद्धको शान्ति र अहिंसाको ज्ञान उपदेशहरु फैल्याई शान्तिको जनचेतना जगाउने कार्य गर्ने ।
३ , परम्परादेखि चलिआएको भनि बौद्ध धर्मको नाममा विभिन्न कार्यहरु गर्दा आर्थिक , सामाजिक , शैक्षिक तथा धार्मिक कार्यमा बाधा पर्ने समाज र देशलाई हानी पुग्ने कुसंस्कारलाई क्रमश हटाई सुसभ्य मानव समाजको सृजना गरी रचनात्मक कार्यहरु गर्ने ।