२५ औं बुद्धवचन त्रिपिटक(काग्युर) ग्रन्थपाठ विश्वशान्ति महायज्ञ: पूजा
समस्त प्राणीको उद्धार, राष्ट्रको कल्याण र विश्वशान्तिको लागि यस संघले विगत २५ बर्षदेखी यस महान पवित्र तिर्थस्थल स्वयम्भू भगवान पाउमा प्रत्येक बर्ष चैत्र पूर्णिमामा समापन हुने गरी बृहत विश्वशान्ति पुजा गर्दै आएको सर्वविदितै छ । सोहि मुताविक यस पटक पनि खेन्पो पेमा सम्बा लामाज्यु लगायत सयौं लामा, आनी, ज्योमोहरुबाट १०८ ठेली पवित्र बुद्ध वचन काग्युर त्रिपिटक तथ प्रणिधान मोद्दलम पाठ वाचनगरी साताव्यापी २५ औं वृहत विश्वशान्ति पुजा गरिने भएको छ । तसर्थ उक्त कार्यक्रमको लागि स्वईच्छाको आर्थिक तथा जिन्सी सहयोग दान गर्नुभई महान धार्मिक कार्यक्रम सफल पारिदिनहुन साथै सहभागी हुनुभई जलप्रसाद ग्रहण एवं संगीतमय भजनको साथमा अमृतमय प्रवचन श्रवण गरी असीम पुण्यलाभ सञ्चयको लागी सदा शान्तिप्रेमी सम्पूर्ण महानुभावहरुमा आयोजक समितिको तर्फबाट निमन्त्रणा अनुरोध छ।