संघद्वारा गरिएको हालसम्मका उपलब्धिहरु
अहिंसावादी महाबौद्ध अनाथ बिद्यापीठ
जसरी आजभन्दा २५ औं शताब्दी अघि हाम्रै देश नेपालमा जन्मनु भएको महामानव गौतम बुद्ध जसले आज संसारमा “बहुजन हिताय बहुजन सुखाय” अनि “अहिंसा परमो धर्म\"जस्ता मानवतावादी सिद्धान्त र दर्शनको प्रतिपादन गरेर जानुभएको कारणले अहिले ती मानव उपयोगी शान्ति र अहिंसाका ज्ञानहरु विश्वमा प्रसिद्ध छन भने हामी तिनै देशका नागरिकहरु “बत्ति मुनिको अध्यारो” जस्तै बुद्ध शिक्षा प्रचारको अभावले दिनप्रति दिन वास्तविक बुद्ध शिक्षाबाट बञ्चित हुदै गएको कुरालाई मध्यनजर गर्दैविद्यमान समाजमा बुद्धशिक्षा प्रचारप्रसार गर्ने उदेश्यले २०३६ साल भाद्र १ गते महासंघनायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञानसागर लामा ज्यू को अध्यक्षतामा नेपाल अहिंसावादी बौर्द्धधर्म विश्वशान्ति चक्र संघको स्थापना भई संगठन विस्तार बुद्धशिक्षा प्रचारप्रसार गर्ने क्रममा जसरी भगवान बुद्धले आज्ञा गर्नभएको छ; “यदि मेरो सेवा गर्न चाहन्छौ भने अनाथ असहाय बालबालिका, रोगी र गरिब दुखीहरुको सेवा गर्नु” भन्ने भनाईलाई सिरोपर गर्दै शिक्षा नै ज्ञानको मुहान र आजको बालबालिका नै भबिष्यमा राष्ट्रको कर्णधार हुन भन्ने भनाईलाई समेत मध्यनजर राखेर २०५५ सालमा अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ को स्थापना भएको र हाल २४ जिल्लाको १३४ जना विद्यार्थीहरुलाई कक्षा शिशुदेखि कक्षा ९ सम्म संस्थाको निजीस्रोतबाट अध्यापन गराइरहेका छौं ।
उक्त विद्यालय अहिलेसम्म भिक्षाटन र यहाँहरुकै मानामुठी दानबाट टिकीरहेको व्यहोरा सर्वबिदितै छ ।
साथै भावी दिनहरुमा यस विद्यालयलाई अझ दिगो र निरन्तररुपमा सञ्चालन गर्दै, असहाय, अनाथ, गरीब तथा शिक्षाको ज्योतीबाट बिमुख रहेका बालबालिकाहरुलाई यथासक्दो सेवा दिदैं निकट भविष्यमा मावि हुदैं क्याम्पस र स्वास्थ्योपचारको लागि अस्पतालसमेत निर्माण गर्ने मूल उद्देश्यसहितको गुरुयोजना भएकोले इच्छुक महानुभावहरुले आफ्नो गच्छे अनुसारको सहयोग गरिदिनहुनको लागि सदा शान्तिप्रेमी सम्पूर्ण महानुभावहरुमा अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ बिनम्र अनुरोध गर्दछौं । (तपाईको सानो सहयोगले अनाथ र असहाय बालबालिकाको सुनौलो भविष्य निर्माण हुन्छ ) भने, अवश्य पनि त्यो तपाईको महान कार्य हो ।यसर्थ इच्छुक व्यक्तिले नवलपरासी बर्दघाटस्थित राष्ट्रिय बाणिज्य बैकमा रहेको अहिंसावादी महाबौद्ध अनाथ कोषको चल्तीकल खाता नं. ३३३०००००२३०६ मा समेत रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । धन्यवाद ।। शुभ मङ्गलं ।।।
संघ द्धारा स्थापित गुम्बा तथा भौतिक संरचनाहरु :
१, यस संघले प्रथम २०३६ सालमा चितवन जिल्ला जगतपुर गाविस वडा नं-७ केरुङ्ग नयाँबस्तीमा छेथारलिङ बौद्ध गुम्बाको स्थापना गरियो ।
२, २०३७ सालबाट चितवन भ.न.पा. :-१ देवघाटमा देछेनथार्वलिङ बौद्ध गुम्बा र चैत्य स्तुपाहरु,नवलपरासी जिल्ला दुम्किबास - ५ दाउन्ने पर्वत अमरवन मा साङक देछेनलिङ बौद्ध गुम्बा, अष्टयोग आश्रम, बौद्ध चैत्य स्तुपाहरु, अहिंसाबादी अनाथ विद्यापिठ , छात्रबास, धर्मशाला, प्रतिक्षालय र संघको केन्द्रिय कार्यालय निर्माण र स्थापना गरियो ।
३, २०४५ सालबाट मकवानपुर जिल्लाको मकवानपुर गढी हेटौंडा, भैंसे डाँडाखर्क हाँडीखोला नेवारपानी, पदमपोखरीमा, चितवन जिल्लाको रत्ननगर टाँडी ,लंकालाइन,पदमपुर, गंगानगरमा,बारा जिल्लाको अमलेखगंज, पर्सा जिल्लाको बढनिहार, धनुसा जिल्लाको लोटाह, महोत्तरीको माइथान, सिरहाको मुर्सनिया, इलामको ठुलो बार्दो, झापाको धुलमबारी, दोलखाको ढुंगे, सिन्धुलीको माम्बु, नवलपरासीको कोइलापानी, झर्राईखोला, दुम्किबास, त्रिवेणी, नुवाकोटको त्रिशुली, पैतिसकिलो, राइसिङ, देउराली टुनी, देउराली माने, सामरी, पोखरी, पैवल, फलेटो, साल्मे, किम्ताङ,गोम्बोगङ, साउनेधारा,
सानुकिम्ताङ, ठुलो किम्ताङ, बर्सुनचेतमा, धादिङको माहुर, छ्याप्लेङ, नेनगाङ, दार्खा, री धुसेनी, तावल, लदाव, पात्ले, नलाङ, गोरखाको पालुङटार, दुङ्चेत, बर्दियाको ताराताल, कैलालीको अत्तरिया, कञ्चनपुरको आई बि आर डी मा गुम्बा निर्माण तथा स्थापना गरिएको छ ।
संघद्धारा निर्माण बौद्ध चैत्य स्तुपाहरु
नवलपरासी जिल्लाको दावने ३,
दुम्किबास १, झराईखोलामा ४ समेत ८ वटा । चितवन जिल्लाको देवघाटधाममा ८ वटा, केरुङ १, लंकालाईन १ समेत १० वटा । मकवानपुर जिल्लाको मकवानपुर गढीमा ८, पदमपोखरीमा १, हाँडीखोलामा १, चुनियामा २, नेवारपानीमा ४, फापरबारीमा १ समेत १६ वटा । सर्लाहीको लालबन्दि १ । बारा जिल्लाको अमलेखगञ्जमा १, सुन्दरबस्तिमा १, छातापिपरामा १ समेत ३ वटा । कैलाली जिल्लाको अत्तरियामा १, धनगढीमा १ समेत २ वटा । ललितपुर जिल्लाको भार्देउमा १ नुवाकोट जिल्लाको किमताङमा १ । रसुवा जिल्लाको स्याप्रुबेशीमा १ । धादिङ जिल्लाको सेमजोङ चौतारामा १ । गोरखाको ठोट्नेरीमा १ । इलामको ठुलोबर्दुमा १ । सिराहको मुसहर्नियामा समेत हालसम्म ४८ वटा बोधिसत्व (ज्याङछ्युब छ्योतेन) बौद्धचैत्य स्तुपाहरु निर्माण तथा स्थापना गरियो । निर्माण कार्य जारी रहेको छ ।