संघको उद्धेश्यहरुः
१ , बौद्ध धर्ममा अटल आस्था र विश्वास राख्ने जनसमुदायहरु विच आर्थिक , सामाजिक , धार्मिक , सांस्कृतिक , नैतिक , शैक्षिक , स्वास्थ्य एवं बौद्धिक विकास गर्राई उनीहरुको माझमा मैत्री , करुणा , मुद्दिता , उपेक्षा जस्ता बुद्धको सिद्धान्त तथा बोधिसत्व ज्ञानको अभिवृद्धी गराउने ।२ , बौद्ध धर्मका बारेमा धार्मिक प्रवचन , गोष्ठी , शिविर , सभा , फिल्म , क्यासेट , प्रचार प्रसार र सञ्चारका माध्यमहरुबाट प्रसारण गरी मानव जगतमा भगवान बुद्धको शान्ति र अहिंसाको ज्ञान उपदेशहरु फैल्याई शान्तिको जनचेतना जगाउने कार्य गर्ने ।
३ , परम्परादेखि चलिआएको भनि बौद्ध धर्मको नाममा विभिन्न कार्यहरु गर्दा आर्थिक , सामाजिक , शैक्षिक तथा धार्मिक कार्यमा बाधा पर्ने समाज र देशलाई हानी पुग्ने कुसंस्कारलाई क्रमश हटाई सुसभ्य मानव समाजको सृजना गरी रचनात्मक कार्यहरु गर्ने ।
४ , लामा , भिक्षु , भिक्षुणी ( आनी ज्योमो ) हरुलाई बौद्ध धर्मको आध्यात्मिक साधनाको लागी विद्धान लामा गुरुहरुद्धारा गुफा ( डुवा ) योग शिक्षाको व्यवस्था गराई मानव समाजमा बौर्द्धधर्म सम्बन्धि लामा शिक्षाको अभिबृद्धी गर्ने ।
५ , स्वदेशी तथा विदेशी , सरकार तथा गैरसरकारी , सामाजिक एवं धार्मिक संघ संस्थाहरुसंग मैत्री सम्बन्ध कायम राखी आवश्यक सहयोगको आदन प्रदान गरी अन्य धर्म र धर्मावलम्बिसंग पञ्चशीलको आधारमा मित्रता कायम राख्ने ।
६ , सामाजिक तथा दैविक प्रकोपको लागी संघलाई सहयोग माग गरेमा यथोचित सहयोग गर्ने।
७ , मानव समाजको विभिन्न भाषा , लिपीहरुमा भगवान बुद्धको शान्ति र अहिंसाको ज्ञान उपदेशहरु पत्र - पत्रिकामा प्रकाशन गर्ने।
८ , अनाथ , असहाय , अपाङ्गको लागी अनाथ विधालयको व्यवस्था गर्ने ।
९ , आवश्यक उपयुक्त ठाउहरुमा बौद्ध गुम्बा विहार कुटी , योगआश्रम , बृद्धाआश्रम , चैत्य , स्तुपा , धर्मशाला , प्रतिक्षालय , चौतारा , कुवा , धारा , बाटो , साँघु , स्वास्थ्यचौकी , औषधालय , क्लबघर , विद्यालयहरुको निर्माण , स्थापना र संचालन गर्ने ।
१० , बौद्ध धर्म र संस्कार सम्बन्धी बौद्ध ग्रन्थ मुताविक प्रार्थना , कविता , भजन , गीत तथा नाटकहरुको रचना गरी फिल्म वा साँस्कृतिक कार्यक्रमहरुको प्रदर्शन साथै शिपमुलक कार्यक्रमहरुको बृद्धि र बिकास गर्ने।
११ , नेपालमा लोप हुन लागेको बनस्पति र पशुपन्छीहरुको संरक्षण गर्ने र जडिबुटी र औषधीहरुको उत्पादन गरी रोगीहरुको सेवा , परोपकारको कार्य गर्ने ।
१२ , बौद्ध धर्मको पञ्चशीलमा रहि बौद्ध धर्मको संरक्षण र संबर्द्धन गरी राष्ट्रको समउन्नती विश्वशान्तिको प्रगती तथा "समाज सुधार विश्व उद्धार" गर्ने यो संघको लक्ष्य रहेको छ ।
१३ , यो संस्था मुनाफा रहित जनहितकारी हुनेछ ।
१४ , नेपालका तामङ , गुरुङ , घले , मगर , थकाली , शेर्पा, राई , लिम्बु , थारु , दराई , माझी , कुमाल , बोटे , ब्रामु , सुनुवार , कोचे , मेचे , लगायतका जातीहरुको मातृभाषामा लामा संभोटा लिपीमा पाठ्यपुस्तक तयार पारी नेपालको ७५ रै जिल्लाको विद्यालयहरुमा क्रमिक रुपले शान्ति र अहिंसाको बुद्ध सन्देश संचालन गर्दै भाषा र लिपीको संरक्षण र संबर्द्धन गर्ने यस संघको मुल उद्धेश्य रहेको छ ।