प्रस्तावना

संघको नाम र परिभाषा : संघ भन्नाले नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ती चक्र संघ भन्ने बुझ्नु पर्दछ ।
नेपाल : भन्नाले अधिराज्य राष्ट्र हो ।
अहिंसावादी : भन्नाले बुद्धको अहिंसा परमोधर्म सिद्धान्तको अनुशासनलाई पालना गर्नु गराउनु हो ।
बौद्ध धर्म : भन्नाले आदिम बुद्धहरुद्वारा प्रतिपादित प्राचिन बुद्ध धर्म जसलाई गौतम बुद्धले अहिंसा परमोधर्म ज्ञान भनि परिमार्जन गर्नु भएको विश्व प्रख्यात बुर्द्धधर्म हो ।
विश्वशान्ति चक्रसंघ : भन्नाले दिनप्रतिदिन बढिरहेको हिंसा अशान्ति कार्यलाई बुद्धको शान्ति र अहिंसाको ज्ञान उपदेशबाट क्रमश हटाई विश्वलाई शान्ति दिलाउने लक्ष्य र उद्देश्य लिएको बृहत संस्था हो ।
विधान : भन्नाले यस संघको मुल नियम तथा कानुन हो ।