खेन्पो पेमा सम्बा लामा ज्यू को परिचय:
खेन्पो पेमा सम्बा लामा ज्यूको जन्म २०३३ माघ २ गते मकवानपुर जिल्लाको हाँडीखोला गा . बि . स . वडा नं . १ गोगनपानी स्थित एक साधारण परिवारमा माता छेरिङ डोल्मा र पिता उपर सिं ब्लोनको कान्छा सुपुत्रको रुपमा जन्मिनु भएको थियो । उहाँको बाल्यकाल सामान्य गाउँले परिबेशमा नै बितेको भएतापनि उहाँले ६ वर्षेखि १६ बर्षम्म औपचारिक शिक्षा अध्ययन गर्नुभ ई १६ बर्षो किशोर अबस्थादेखि नै आफ्नो सिंगो मानव जिवनलाई सदाको लागी अहिंसा परमो धर्म र प्राणी उद्धारको निम्ति समर्पित गर्दै आध्यात्मिक यात्रा सुरु गर्नु भयो । यसैक्रममा २०४८ सालदेखि नेपाल अहिंसावादी बौर्द्धधर्म बिश्वशान्ति चक्र संघमा प्रबेशसँगै २०५० सालसम्म नवलपरासीको दुम्किबास - ५ , दावनेपर्बत अमरवन स्थित संघको केन्द्रिय गुम्बामा बौद्धशिक्षा अध्ययन साथै गुफा सम्प न्न गर्नु भयो ।
यसरी क्रमिक रुपमा बौद्धशिक्षालाई अगाडी बढाउने सिलसिलामा भारतको देहरादून राजपुररोड स्थित शाक्या सेन्टरमा पुग्नुभयो र त्यहाँ ५ बर्षम्मको अध्ययन सम्प न्न गर्नुभई , पुन : अध्ययनकै लागि भारतको हिमाञ्चलमा रहेको जोंसर विश्वविद्यालय ( शेडा ) मा प्रवेश हुनुभयो , र त्यहाँ एघार बर्षो गहन अध्ययन पश्चात H.E. ज्याम्याङ खेन्चे रिन्पोछे , H.E. खेन् रिन्पोछे कुन्गा वाङछ्युग ज्यू को सामिप्यमा बौर्द्धदर्शनमा बिद्यावारिधि आचार्य ( खेन्पो ) को उपाधि प्राप्त तथा H.E. लुदिङ खेन रिन्पोछे ज्यू को करकमलबाट बिधिबत् रुपमा ( गेलोङ धोम्पा ) भिक्षुशिल ग्रहण गर्नुभएर २०६६ सालमा स्वदेश नेपाल फर्किनुभए पश्चात ठाउँ ठाउँमा धर्मदेशना तथा बिशेष लामा शिबिर सञ्चालन गर्नुको साथै हाल बिद्यमान समाजमा बौर्द्धदर्शनको ज्ञान अभिबृद्धि र समाज सुधार तथा प्राणी उद्धारको कार्यमा सदा समर्पित हुनुहुन्छ ।