प्रशिक्षार्थीहरु
३ महिना लामा प्रशिक्षण शिविरबाट नेपाल अधिराज्यभरिमा १६ जिल्लाको ६७ स्थानमा सञ्चालन भई महिला १,४९५ र पुरुष ८४५ गरि जम्मा २,३४० जना प्रशिक्षार्थीहरु उत्पादन भएको छ । त्यसै गरि ङोण्डो गुफाद्वारा महिला ४७ र पुरुष १०७ गरि जम्मा १५४ जना उत्पादन भएको छ, भने साढे सात महिने ञ्यूङ्नेबाट ११७ जना ञ्यूङ्नेपाहरु उत्पादन भएको छ । साथै संग� न बिस्तारको क्रममा स्थापनाकालदेखि नै भगवान बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसाको ज्ञानको माध्यमबाट बिद्यमान समाजमा भएका बिकृती र कु-संस्कारहरुलाई निर्मूल पार्दै सु सभ्य मानव समाजको श्रृजना गर्ने उद्देश्यले नेपाल अधिराज्यको बिभिन्न जिल्ला, गाउँबस्ति र कुना कन्दरा हुँदैं घरदैलोसम्म पुगी शान्ति र अहिंसाको बिगुल फुक्नेक्रममा ६८ जिल्लामा पाईला टेकीसकेको सर्वबिदितै छ ।