चौथौ राष्ट्रब्यापी कार्यक्रम २०७०
चौथौ राष्ट्रब्यापी कार्यक्रम
यही मिति २०७० फाल्गुन २२ (तदनुसार सन् २०१४ मार्च ६) गतेका
दिन देखि नेपाल अहिंसावादी विश्व शान्ति चक्रसंघको आयोजनामा चौथौ राष्ट्रव्यापी
विश्वशान्ति पूजा अभियान शुरुहुन गईरहेको छ । राष्ट्रव्यापी अभियान चौथौ चरण
अन्तर्गत अर्सठीऔं (६८ औं) जिल्लाको रुपमा धनकुटा जिल्लाबाट उक्त कार्यक्रम विधिवत
रुपबाट शुरुहुन गईरहेको यहाँहरुमा अवगत गराउन चाहन्छौं । उक्त कार्यक्रममा सहभागी
हुनुभई कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गरिदिनका निम्ति यहाँहरुमा हार्दिक
निमन्त्रणा गर्न चाहन्छौं । उक्त विश्व शान्ति अभियान यहाँहरुको हातेमालो तथा
सरसहयोगको लागि इच्छिक सम्पूर्णको लागि हार्दिक अपिल गर्दछौं । आयोजक कमिटी