महासचिवगुरु प्रेम दोर्जे बल लामा ज्यु को परिचय
महासचिवगुरु प्रेम दोर्जे बल लामा ज्यु को जन्ममिती २०१३ असोज २२ गते ललितपुर जिल्ला चन्दनपुर - ३ , लामराङबेसीमा बुबा लवाङ दोर्जे बल र आमा माया डोल्मा घिसिङको कोखबाट कान्छा सुपुत्रको रुपमा जन्मनु भएको थियो । उहाँको बाल्याबस्थापनि सामन्य परिबेशमा नै बितेको र औपचारिक शिक्षा अध्ययनको क्रममा २०३० सालअघि नैप्रमाण - पत्र तहसम्मको शिक्षा हासिल गर्नु भएको थियो भने आध्यात्मिक शिक्षा अध्ययनको क्रममा सामन्य गुफा योग सिद्धी पश्चात नेपाल अधिराज्यको बिभि न्न स्थानमा ३ महिने लामा प्रशिक्षण शिबिर र ङोण्डो गुफाहरु सञ्चालन गर्दै हजारौं प्रशिक्षार्थीहरुलाई कर्मकाण्डिय बिधिमा सबल बनाउँदै उत्पादन गर्नुभएको छ । संगठनको स्थापनाकालदेखि नै संघको केन्द्रिय महासचिवको कार्यभार सम्हाल्नु हुँदैं शान्ति र अहिंसाको ज्ञानको माध्यमबाटबिद्यमान समाजमा भएका बिकृती र कु - संस्कारहरु निर्मूल पार्दै सु - सभ्य मानव समाजको निर्माण गर्नेक्रममा विभि न्न किसिमका आरोह अवरोहहरुछिचोल्दै अहोरात्र समर्पित रहँदै संघको प्रशासनिक प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।