ऐतिहासिक राष्ट्रब्यापी बृहत बिश्व शान्ति महायज्ञ : पूजा कार्यक्रम्
समस्त प्राणीको उद्धार , राष्ट्रको कल्याण र विश्व शान्तिको लागीपरमपुज्यनिय महासंघनायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञानसागर लामा ज्यू को नेतृत्वमा धर्मगुरु खेन्पो पेमा सम्बा लामा ज्यू लगायत सयौं लामा , आनी , ज्योमो तथा मणिपाहरुको सक्रियतामा पू र् बमेचिदेखि पश्चिम महाकाली हुँदै ७५ वटै जिल्लामा बिश्व शान्तिका ध्वजाहरु फहर्याउँदै महाप्रज्ञापारामिता बुद्धबचन ग्रन्थपाठ साथै महायज्ञः पुजा गरि बौर्द्धदर्शनका बिशिष्ट गुरुजनहरुको मुखारबिन्दबाट दिव्योपदेश प्रबचनद्घारा बिद्यमान समाजमा भएका विकृती र कुसंस्कारहरुलाई निर्मुल पार्दै सु - सभ्य मानव समाजको श्रृजना गर्ने उद्देश्यले मिती २०६७ / ०९ / १० गतेदेखि झापा जिल्लाको मे . न . पा .- १४ धुलाबारी हुँदै क्रमश मोरङ , सुनसरी , सप्तरी , सिराह , धनुषा , महोत्तरी , र्सलाही , रौतहट , बारा , पर्सा, मकवानपुर , चितवन , नवलपरासी , रुपन्देही , कपिलबस्तु , दाङ , बाँके , बर्दिया , काठमाडौं , दोलखा , कैलाली , कञ्चनपुर हुँदैं जुम्लामा २५५५ औं राष्ट्रिय बुद्धजयन्ति मनाउँदै २०६८ / ०२ / १० गते सुर्खेत जिल्लाको लाटीकोईली - ८ , स्थित बौद्ध गुम्बामा पहिलो चरणको २५ जिल्लाको कार्यक्रम बिधिवत रुपमा बिर्सजन गरियो । यसैगरि राष्ट्रव्यापी अभियान अर्न्तर्गत दोश्रो चरणको कार्यक्रम यहि २०६८ / ०९ / २५ गते ( दावनेपर्ब त अमरवनस्थित संघको केन्द्रमा १८ औं पटकको विश्व शान्ति पुजा तथा त्रिपिटक ग्रन्थपाठ समापन लगत्तै ) देखि शुरु हुनगईरहेकोले तमाम शान्तिप्रेमी महानुभावहरुमा उक्त कार्यक्रम सफल तथा विश्वशान्तिको लागी हातेमालो र सहकार्य गर्दै सहभागीको लागी जानकारीका साथै हार्दिक निमन्त्रणा गर्दछौं ।