शुभकामना
नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघले शुरु गरेको यस महान यज्ञले नेपालमा शान्ति ल्याउन अहं भूमिका निर्वाह गर्नेछ भन्ने आशा गर्दै यस प्रकारको कार्यक्रमले नेपाल प्रहरीलाई समेत प्रेरणा मिलेर साथ जुट्ने विश्वास ब्यक्त गर्दै शुभकामना दिन चाहन्छु ।
गंगा पाण्डे
प्रहरी नायव महानिरीक्षक, मकवानपुर
२०६७/११/१७
समस्त प्राणीको उद्धार, राष्ट्र कल्याण र विश्वशान्तिको लागि नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघले यस जिल्लामा आयोजना गर्न लागेको शान्ति महायज्ञः महाप्रज्ञा पारामिता बौद्धग्रन्थ पाठ लगायतका कर्मले विश्व कल्याण र देश कल्याणमा महत्वपूर्ण योगदान दिन्छ भन्ने मैले विश्वास लिएको छु । यस यज्ञको सफलताको कामना गर्दछु ।
तारानाथ गौतम
प्रमुख जिल्ला अधिकारी, रुपन्देही
२०६७/१२/०३
जुम्ला जिल्लाको सदरमुकाममा आज २५५५ औं बुद्धजयन्ती समारोह आयोजना गरि शान्तिदीप प्रज्वलन गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकज्यूहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । भगवान बुद्धले अहिंसा र शान्तिका लागि प्रतिपादन गर्नुभएको धार्मिक भावनाले विश्व शान्तिमय हुन गएको अवस्थामा आज उहाकै जन्मस्थल यस पवित्र देश नेपालमा शान्तिको महत्व अझ बढ्न गएकोले हामी प्रत्येक तप्काका जनताले शान्तिका लागि कामना गर्नु परेको छ । शान्ति विना विकास, न्याय सम्भव छैन । विश्वभरि शान्ति फैलियोस्, शान्ति कायम होस भन्ने कामना गर्दछु । धन्यवाद ।
पवन कुमार शर्मा
मूख्य न्यायधिश पुनरावेदन अदालत, जुम्ला
२०६८/०२/०३
नेपालकै दुर्गम स्थानको रुपमा परिचित यस जुम्ला जिल्लामा नेपाल अर्हिसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघद्धारा आयोजित २५५५ औं बुद्धजयन्ती विशेष कार्यक्रममा सहभागी हुन पाउ“दा अत्यन्त आनन्द महशुश भएको छ । नेपाल भूमिमै जन्मेर आजभन्दा २५ सय बर्षभन्दा अगाडी भगवान बुद्धले दिनु भएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । उहाको उपदेशको केही प्रतिशत मात्र पनि अनुशरण गर्न सकिएका ब्यक्ति, समाज र राष्ट्रमै वास्तविक शान्ति ल्याउन सकिनेमा दुईमत छैन । तसर्थ उहा“को सन्देश देशको कुना कुनामा फैलाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ । यस पवित्र कार्यमा लाग्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदैं बुद्धजयन्तीको आजको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु । धन्यवाद ।
मदन भुजेल
स्थानीय विकास अधिकारी, जुम्ला
२०६८/०२/०३